दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Saturday, June 14, 2014

एसएलसी परिक्षामा दोलखाका ४५ दशमलव १६ प्रतिशत उतिर्ण

३१ जेठ २०७१ । यो बर्षको एसएलसी परिक्षामा दोलखाका ४५ दशमलव १६ प्रतिशत परिक्षार्थी उतिर्ण भएका छन् । यो बर्षको उर्तिण दर अघिल्लो बर्ष भन्दा १७ दशमलव ९५ प्रतिशतले बढि हो । दोलखामा ३ हजार ४ सय ४३ विद्यार्थी परिक्षामा सहभागि भएकोमा १ हजार ५ सय ५५ जना उतिर्ण भएका हुन् । जसमा ५२ जना विशिष्ट श्रेणी, ६ सय ३ प्रथम श्रेणी, ८ सय ६६ द्धितिय श्रेणी र ३४ जना तृतिय श्रेणीमा उतिर्ण भएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ । यस्तै, एक्जेम्टेडतर्फ १६ सय २ जनाले परिक्षा दिएकोमा २ सय २६ जना उर्तिण भएका छन् । एक्जेम्टेडतर्फ प्रथम श्रेणिमा ६ जना, द्धितिय श्रेणिमा १ सय ९१ र तृतिय श्रेणिमा २९ जना उर्तिण भएका छन् । नियमिततर्फ ७ र एक्जेम्टेडतर्फ २३ जनाको प्रयोगात्मक नम्बर फेला नपरे पछि नतिजा रोकिएको छ । जिल्ला शिक्षा अधिकारी दिपक शर्माले गत वर्षभन्दा यो वर्षको एसएलसिको नतिजामा अपेक्षित सुधार आएको बताए ।
एसएलसी परिक्षामा ५ वटा निजी बिद्यालयका सतप्रतिशत बिद्यार्थी उर्तिण भएका छन् । सामुदायिक बिद्यालय तर्फ सवैभन्दा बढि गौरीसँकर मावि लामावगरले ९० दशमलव ६३ प्रतिशत परिक्षार्थी उर्तिण गराउन सफल भएको छ । गौरीसँकर माविवाट ३२ जना परिक्षामा सहभागि भएकोमा २९ जना उर्तिण भएका छन् । यस्तै, जिरी उच्च माविका ५० जना मध्ये ४४ जना अर्थात ८८ प्रतिशत बिद्यार्थी उर्तिण भएका छन् भने साँगुते मावि फस्कुका ८६ प्रतिशत बिद्यार्थीलाई सफलता मिलेको छ । जिल्लाका ८ वटा सामुदायिक बिद्यालयको ७० प्रतिशत भन्दा बढि नतिजा आएको छ भने सवैभन्दा कम बिष्णु मावि गैरीमुदीका जम्मा ६ दशमलव २५ प्रतिशत परिक्षार्थी उर्तिण भएका छन् । अघिल्लो बर्ष तिन वटा मावि एसएलसि नतिजामा निल भए पनि यो बर्ष परिक्षामा सहभागि भएका ८३ वटै सामुदायिक बिद्यालयलाई सफलता मिलेको छ ।
एसएलसी नजिता अनुसार सदरमुकाम चरिकोट स्थित द राईजिङ स्टार बोर्डिङकी छात्रा पविना पोखरेल जिल्ला प्रथम भएकी छिन् । पोखरेल ९० दशमलव ५ प्रतिशत अर्थात ७ सय २४ अँक ल्याएर जिल्ला प्रथम भएकी हुन् । यस्तै खिम्ति प्रोजेक्ट स्कूलका राधाकृष्ण अधिकारी ८६ प्रतिशत अर्थात ६ सय ८८ अँक ल्याएर दोश्रो र अल्पाईन पव्लिक स्कुल चरिकोटकी छात्रा अनुशा खत्री ८५ दशमलव ८७ प्रतिशत अर्थात ६ सय ८७ अंक ल्याएर तृतिय भएकी छिन् । यस्तै, जिल्लाको सत्यस्वर उच्च मावि पवटिका परिक्षार्थी रविनप्रसाद ओली सामुदायिक विद्यालय तर्फ जिल्ला प्रथम भएका छन् । सामुदायिक बिद्यालय तर्फवाट १४ जनाले बिशिष्ट श्रेणि हात पारेकोमा ओलीले ८४ दशमलव ६२ प्रतिशत अँक प्राप्त गरी जिल्ला प्रथम भएका हुन् । उनले कूल ६ सय ७७ अँक प्राप्त गरेका छन् । यस्तै, लापिलाङ उच्च माविका परिक्षार्थी रविन खड्का ८३ दशमलव ५ प्रतिशत अर्थात ६ सय ६८ अँक ल्याएर सामुदायिक बिद्यालय तर्फ दोश्रो भएका छन् भने कालिनाग उच्च मावि सुनखानीका साजन पौडेल ८३ दशमलव ३७ प्रतिशत अर्थात ६ सय ६७ अँक ल्याएर तेश्रो भएका छन् । यो बर्षको एसएलसी परिक्षामा दोलखाका ५२ जना परिक्षार्थीले बिशिष्ट श्रेणि हाँसिल गरेका थिए । एसएलसी परिक्षामा निजी बिद्यालयतर्फ ३८ र सामुदायिक बिद्यालयका १४ जना परिक्षार्थीलाई बिशिष्ट श्रेणि प्राप्त भएको हो । जिल्ला शिक्षा कार्यालयका अनुसार निजी बिद्यालय तर्फ द राईजिङ्ग स्टार वोर्डिङ चरिकोटका १०, एपार्ट आवासीय मावि जिरीका ७, अल्पाईन पव्लिक स्कूल चरिकोटका ६, खिम्ति प्रोजेक्ट स्कूलका ५, त्रिपुरा बोर्डिङ चरिकोटका ४, सनराईज एकेडेमी मिर्गेका ४ र आँकुरा बोर्डिङ धरमघरका दुई जना बिद्यार्थी बिशिष्ट श्रेणिमा उर्तिण भएका छन् । यस्तै सामुदायिक बिद्यालय तर्फ हनुमन्तेस्वर उच्च मावि काब्रेका ५, कालिनाग उच्च मावि सुनखानीका ३ तथा नारायणि भावि भिरकोट, त्रिभुवन उच्च मावि मेलुङ, सत्यस्वर उच्च मावि पवटि, लापिलाङ उच्च मावि र जलदेवि मावि काब्रे र क्षेत्रावति उच्च मावि क्षेत्रपाका एक÷एक जना परिक्षार्थीले बिशिष्ट श्रेणि हात पारेका छन् ।

0 comments:

Post a Comment