दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Tuesday, June 3, 2014

अव जिरी नगरपालिका हुने

२० जेठ २०७१ । जिल्ला स्तरीय नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिले दोलखाको जिरी, मालि र ठूलोपातल गाविसलाई समेटेर जिरी नगरपालिका कार्यान्वयनका लागि सिफारिस गरेको छ । सुरुमा चार गाविसलाई समेटेर जिरी नगरपालिका घोषणा गर्न माग गरिए पनि स्यामा गाविस नगरपालिकामा समेटिन नचाहे पछि तिन गाविस मात्रै समावेश गर्ने गरी जिरी नगरपालिका कार्यान्वयनका लागि सिफारिस गरिएको हो । सदरमुकाम चरिकोटमा आज बसेको जिल्ला स्तरीय नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिको बैठकले तिन गाविसलाई समेटेर ११ वडामा विभाजन गरी सिफारिस गरिएको समितिका सँयोजक एवँ दोलखाका स्थानीय विकास अधिकारी टुवराज पोखरेलले जानकारी दिए । नगरपालिका कार्यान्वयनका लागि निर्धारण गरिएका मध्ये अधिकाँश मापदण्ड पुरा भएका कारण जिरी र आसपासका गाविसलाई समेटेर जिरी नगरपालिका बनाउन यसअघि नैं प्रस्ताव गरिए पनि सरकारको पछिल्लो घोषणामा नपरेपछि पुन ः शिफारिस गरिएको हो ।
नगरपालिका क्षेत्र निर्धारण समितिले छुट भएका नगरपालिकालाई तोकिएको प्रक्रिया पुरा गरी आज सम्म स्थानीय विकास मन्त्रालयमा पेश गर्न समय सिमा तोकेको थियो । जिल्ला स्तरीय समितिको बैठकले प्रस्तावित जिरी नगरपालिकाको केन्द्र जिरी हाटडाँडालाई तोकेको छ । प्रस्ताव अनुसार मालि गाविसको वडा नम्बर १, २ र ३ लाई जिरी नगरपालिकाको वडा नम्बर १, मालि ४, ५ र ६ लाई वडा नम्बर २ तथा मालि ७, ८ र ९ लाई वडा नम्बर ३ मा समेटिएको छ । यस्तै, जिरी ५ र ६ लाई ४ नम्बर वडा, जिरी ७ लाई ५ नम्वर वडा, जिरी ८ र ९ लाई ६ नम्बर तथा १, २ र ३ लाई ७ नम्बर वडामा राखिएको छ । यसैगरी जिरी ४ र ठूलोपातल ५ लाई ८ नम्बर वडा, ठूलोपातल ३ र ४ लाई ९ नम्बर, ठूलोपातल १, २ र ९ नम्बर वडालाई १० नम्बर तथा ठूलोपातल ६, ७ र ८ लाई ११ नम्बर वडामा राख्ने प्रस्ताव गरिएको छ ।
प्रस्ताव गरिए अनुसार १ नम्बर वडाको यलुङ, २ नम्बरको मालिडाँडा, ३ नम्बरको आहालडाँडा, ४ नम्बरको कुने, ५ नम्बरको ढुँगे बजार, ६ नम्बरको हाटडाँडा र ७ नम्बरको माथिल्लो सिक्रिलाई वडा केन्द्र निर्धारण गरिएको छ । यस्तै, ८ नम्बर वडाको पुरानो गाउँ, ९ नम्बरको डाडाखर्क, १० नम्बरको ठूलोपातल गाविस भवन भएको स्थान र ११ नम्बर वडाको केन्द्र चिप्चिपे तोकिएको छ । प्रस्तावित जिरी नगरपालिकाको जँगल वाहेकको क्षेत्रफल १०० बर्ग किलो मिटर र जनसँख्या १३ हजार ६ सय ४८ रहेको छ । नगर क्षेत्र निर्धारण तथा सिफारिस समितिको बैठकमा भिमेस्वर नगरपालिकाको क्षेत्र बिस्तार तथा जिल्लाको काब्रे, मिर्गे, गैरिमुदी, नाम्दू र क्षेत्रपा गाविसलाई समेटेर नयाँ नगरपालिका बनाउने बिषयमा पनि छलफल भएको छ ।

0 comments:

Post a Comment