दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Thursday, May 22, 2014

जागिर लगाउने बहानामा ठग्ने दुई जना पक्राउ

जागिर लगाउने प्रलोभन देखाएर ठगि गर्दै हिड्ने एक महिला सहित दुई जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको ज्यामिरे ६ का ३५ बर्षिय स्याम केसी भनिने घनस्याम कटुवाल र मकवानपुर रायगाउँ ८ की २१ बर्षिया शर्मिलाकुमारी पाख्रिनलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैले आफूहरु श्रीमान् श्रीमति भएको दावी गरेका छन् । उनीहरुलाई दोलखा सदरमुकाम चरिकोटमा सामाजिक परिवर्तन नेपाल नामक सँस्थाको कार्यालय स्थापना गरेर बेरोजगारीलाई रोजगारी दिने प्रलोभनमा पारी बिभिन्न व्यक्तिलाई ठगि गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई हिरासतमा राखि अनुषन्धान भईरहेको दोलखा प्रहरीले जनाएको छ ।
केसी र पाख्रिन ३९ दिनदेखि चरिकोट स्थित एक होटलमा बसेर ठगिको योजना बनाएका थिए । उनीहरुले पशुपतिडाँडा स्थित एक पाँच तले घरमा कार्यालय सँचालन गर्ने भन्दै मासिक ६० हजार घरभाडा दिने शर्तमा सम्झौता पत्र समेत तयार गरेर कार्यालयका लागि आवस्यक सामान खरिदका लागि बिभिन्न व्यवसायीलाई ठग्ने योजना बनाएका थिए । ठगिको योजना अनुसार कार्यालय खोल्ने र रोजगारी दिने प्रलोभनमा पारेर बेरोजगारी युवायुवतिवाट रकम असुल्ने तयारी गरिरहेकै बेला उनीहरु पक्राउ परेका हुन् । दोलखा प्रहरीका प्रवक्ता, प्रहरी निरिक्षक कैलाश केसीले ठगिएका व्यक्तिको किटानी जाहेरी परे उनीहरु बिरुद्ध ठगि मुद्धा चलाउने तयारी भईरहेको जानकारी दिनुभयो ।

0 comments:

Post a Comment