दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Friday, March 14, 2014

करेन्ट लागेर एकको मृत्यु


३० चैत्र २०७० । दोलखाको उत्तरी लामीडाँडा–६ मा शुक्रवार दिउँसो करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । 
मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रविसेका अन्दाजी २४÷२५ वर्षिय बिकी तामाङ रहेका छन् । विद्युत्को पोलमा तार टाँङ्ने क्रममा करिब २ बजेतिर घाईते भएका तामाङको सिंगटी स्थित स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी नायव निरिक्षक (सई) सेते तामाङले जानकारी दिनुभयो । मृतक तामाङ सिंगटी बजारमा डेरा गरेर बस्दै आएका थिए । 
यता, रामेछापको मन्थली–९ मा साइकल दुर्घटना हुँदा दोलखा घर भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको मेलुङ–२ का १८ बर्षका सुन्दर योगी रहेका छन् । साईकल लिपे खोलाको मोडबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । योगी सँगै साईकलमा सवार उनका ५९ वर्षिय काका  पुर्णबहादुर योगी पनि समान्य घाईते भएको हाम्रा सहकर्मीले जनाएका छन् । 

0 comments:

Post a Comment