दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Thursday, March 20, 2014

होलिको झगडामा गोलि चल्यो



३ चैत्र २०७० । होली खेल्ने क्रममा दुई युवा समुहबीच झडप भएपछि दोलखाको मैनापोखरीमा प्रहरीले गोली चलाउँदा एक युवक घाईते भएका छन् । 
स्थानिय युवाहरुको विवादमा प्रहरीले ३ राउण्ड हवाई फायर गर्नुका साथै गोली समेत चलाउँदा काव्रे ३ मैनापोखरीका १७ वर्षिय अमिर घिमिरे घाईते भएका छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ । झडपका क्रममा स्थानियले ढुङ्गा मुढा प्रहार गर्दा प्रहरी जवान गणेश कँडेल गम्भिर घाईते भएका छन् । सामेवार राति साँढे ६ वजे स्थानिय युवाबीच भएको झडपपछि प्रहरीले करिव साँढे ८ वजे ३ राउण्ड हवाई फायर गरेको हो । त्यसपछि सदरमुकाम चरिकोटवाट खटिएको प्रहरी टोली पुगेपछि मँगलवार विहान करिव १ वजे गोली चलाउँदा स्थानिय अमिर घिमिरे घाईते भएका हुन् । घाईते घिमिरेको प्रहरी नियन्त्रणमा सदरमुकाम चरिकोटमा उपचार भईरहेको छ । दोलखा प्रहरी प्रमख, प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्लेले झडपको क्रममा प्रहरीमाथि ढुङ्गामुढा भएपछि प्रहरीले गोली चलाएको बताए । दोलखा प्रहरीले गोली लागि घाईते भएका घिमिरे सहित मैनापोखरीमा डेन्टल क्लिनिक संचालन गर्दै आएका तेज वहादुर तामाङ र क्लिनिकमा कार्यरत मेलुङ्ग ४ की २२ बर्षिया सुमित्रा मोक्तान लाई पक्राउ गरेको छ । 

मैनापोखरीको च्याने स्थित हनुमन्तेस्वर फर्निचर तथा भेनियर पाता उद्योगमा काम गर्ने भारतिय नागरिक रंञ्जित पउहान र स्थानिय युवाबीच भएको विवाद र झडपपछि मैनापोखरीमा तनाव भएको हो । यद्यपी स्थानियवासिले सामान्य विवादमा प्रहरीले हवाई फायर गरेको र गोली चलाएको भन्दै विरोध जनाएका छन् । उनीहरुले घट्नामा संलग्न दुवै पक्षलाई पक्राउ नगरि एक पक्षलाई मात्रै हिरासतमा लिएको भन्दै आपत्ती जनाएका छन् । भेनियर उद्योगका मजदुर माथि आक्रमण गरेको अभियोगमा पक्राउ परेका तेजवहादुर तामाङ दोहोरो झडपको क्रममा हतकडि सहित फरार भएपछि प्रहरीले बल प्रयोग गरेको थियो । उनको खोजिमा थप बल सहित राति खटिएको टोलिले गोलि प्रहार गरेको हो । घट्नापछि थप तनाव हुने आशंकामा मैनापोखरीमा सदुरमकाम चरिकोट र जिरीवाट थप प्रहरी परिचालन गरिएको छ । थप झडप हुने आशँकामा छिमेकी जिल्ला रामेछाप, सिन्धुलीको ढल्केबर र बागमति गुल्मवाट गरी एक सय बढि प्रहरीलाई दोलखा झिकाईएको छ । 

यसैवीच, गोलि लागि घाईते भएका अमिर घिमिरेका बाबु मिनवहादुर घिमिरे, ईन्द्र तामाङ र बिष्णु घिमिरेले पत्रकार सम्मेलन गरी प्रहरीले सामान्य झडपकै अवस्थामा गोलि चलाएर धरपकड गरेको आरोप लगाएका छन् । घिमिरेले आफन्तको घरमा बसिरहेको अवस्थामा आफ्नो छोरा माथि गोलि प्रहार भएको भन्दै उचित उपचार र तत्काल रिहाई गर्न माग गरेका छन् । पत्रकार सम्मेलनमा सहभागिहरुले शरिरका निलडाम देखाउँदै आफूहरु माथि प्रहरी र बिपक्षी समूह दुवैवाट लाठि प्रहार भएको बताएका छन् । उता भेनियर सँचालक भीम दाहालले युवाहरुको समूहले उद्योगमा कार्यरत कर्मचारी रञ्जीत पौहान, उद्धव दाहाल र लक्ष्मण दाहाल माथि उद्योगमै गएरु आक्रमण गर्नुका साथै आफू माथि पनि मैनापोखरी बजारमा हातपात भएको बताएका छन् । 

0 comments:

Post a Comment