दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Thursday, May 22, 2014

माथिल्लो तामाकोसीको सिमेन्ट वीच वाटोमै चोरी

प्रहरीले माथिल्लो तामाकोसी जलबिद्यूत आयोजनामा प्रयोग हुने उच्च गुणस्तरको ८१ बोरा सिमेन्ट दोलखाको सुष्पाक्षमावति गाविसवाट बरामद गरेको छ । दोलखा प्रहरीले बिशेष सुराकीका आधारमा दोलखा–सिँगटी सडक खण्ड अन्तर्गत सुष्पाक्षमावति गाविसमा लुकाई छिपाई राखेको अवस्थामा करिव ७३ हजार मूल्य बराबरको सिमेन्ट बरामद गरेको हो । जलबिद्यूत आयोजनामा लगिदै गरेको सिमेन्ट वीच वाटोमै झारिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ८१ बोरा सिमेन्ट बरामद गरी सदरमुकाम चरिकोट ल्याएको छ । प्रहरीले अवैध रुपमा सिमेन्ट झारेर लुकाएको आशँकामा स्थानीय एक जनालाई पक्राउ पनि गरेको छ । ढुवानीमा सँलग्न यातायात मजदुर र स्थानीयको मिलेमतोमा वीच वाटोमै सिमेन्ट झारिएको प्रहरीको आशँका छ ।
सो सिमेन्ट माथिल्लो तामाकोसी जलबिद्यूत आयोजनाको सिभिल सँरचना निर्माणका लागि ल्याईएको हुनसक्ने अनुमान गरिएको छ । भारतमा उत्पादित ५३ ग्रेडको भारति सिमेन्ट ठूला जलबिद्यूत आयोजनाको मुख्य सिभिल सँरचना निर्माणमा प्रयोग हुने गरेको छ । भारति सिमेन्ट नेपाली बजारमा सहजै उपलव्ध नहुने भएकाले बरामद भएको सिमेन्ट माथिल्लो तामाकोसी आयोजनाका लागि झिकाईएको र वीच वाटोमै मिलेमतोमा झारिएको प्रहरीको आशँका छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले बरामद भएको सिमेन्ट र अवैध कार्यमा सँलग्न व्यक्तिका बिषयमा अनुषन्धान भईरहेको बताए । ‘सिमेन्टको गुणस्तर हेर्दा माथिल्लो तामाकोसीकै लागि ल्याएको जस्तो देखिन्छ,’ प्रनाउ काफ्लेले भने, ‘यस बिषयमा थप अुनषन्धान भईरहेको छ ।’ माथिल्लो तामाकोसीका लागि आयात हुने पेट्रोलियम पदार्थ र निर्माण सामाग्रि मिलेमतोमा वीच बाटोमै चुहावट हुने गरेको गुनासो पछि प्रहरीले केहि दिन देखि दोलखा सिँगटी सडकमा निगरानी राख्दै आएको थियो । मँगलवार निर्माण सामाग्रि लिएर गएका पाँच वटा कन्टेनर भ्यानको प्रहरीले पिछा गर्दा सिमेन्ट बरामद भएको हो । कन्टेनटर भ्यानवाट झारिएको सिमेन्ट अन्यत्र ढुवानी गर्न नपाएका कारण ८१ बोरा सिमेन्ट एकै स्थानवाट बरामद भएको थियो । श्रोतका अनुसार ढुवानीमा सँलग्न यातायात मजदुर र केहि स्थानीयको मिलेमतोमा सिमेन्ट लगायतका निर्माण सामाग्रि र पेट्रोलियम पदार्थ वीच बाटोमै चोरी गर्ने र सस्तो मूल्यमा बिक्रि गर्ने गरिएको छ । यो प्रक्रिया बर्षौ देखि चल्दै आएपनि बल्ला तथ्य सार्वजनिक भएको हो । माथिल्लो तामाकोसी आयोजनाको मुख्य सँरचना निर्माण कार्य चिनियाँ कम्पनी सिनो हाईड्रोले गरिरहेको छ । आयोजनाका निमित्त प्रमुख बिज्ञानप्रसाद श्रेष्ठका अनुसार सिभिल सँरचना निर्माणका लागि ५३ ग्रेडको गुणस्तरीय सिमेन्ट भारतवाट बिरगञ्ज नाका हुँदै नेपाल भित्रयाएर आयोजना स्थल सम्म पुरयाउने गरिएको छ । निमित्त प्रमुख श्रेष्ठले आयोजनाका लागि लगिएको सिमेन्ट वीच वाटोमै झारिएको भए दोषि उपर कारवाही हुनु पर्ने बताए ।

0 comments:

Post a Comment