दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Friday, March 7, 2014

दोलखामा १३ बर्षिय वालिकाको विवहा


२३ फागुन २०७० । दोलखामा एक १३ बर्षिया वालिकाको अभिभावकलाई खवरै नगरी १० बर्ष जेठा एक युवकसँग झुक्याएर विवहा गरिएको छ ।  
कलिलो उमेरकी वालिकालाई ललाई फकाई विवहा गरेको अभियोगमा प्रहरीले दुलाहालाई पक्राउ गरेको छ भने विवहा गराउने दुलाहाका बाबुआमा फरार छन । जिल्लाको दक्षिणी फस्कु गाविसमा गत फागुन ४ गते वाल विवहा भएको हो । तर, प्रहरीको ढिलोगरी किटानी जाहेरी परेपछि वाल विवहा गर्ने र गराउने उपर कारवाहीको प्रक्रिया अघि बढेको हो । जिल्लाको फस्कु गाविस २ का बिष्णु भुजेललाई वाल विवहा गरेको अभियोगमा पक्राउ गरी मुद्धा चलाईएको छ । उनलाई वाल विवहा बिरुद्धको मुद्धा चलाई हिरासतमा राखेर अनुषन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दोलखा प्रहरीले सम्भवत पहिलो पटक वाल विवहाको घटनामा दोषि उपर मुद्धा चलाएको हो ।
 प्रहरीका अनुसार २३ बर्षिय भुजेलले उनका आमा बाबु सहितको सल्लाहमा फकाई फुल्याई स्थानीय १३ बर्षिय वालिकालाई फागुन ४ गते विवहा गरेका थिए । ति वालिका स्थानीय एक बिद्यालयमा कक्षा ३ मा अध्ययनरत थिईन् । वाल विवहा गर्न सहयोग गर्ने भुजेलका बाबु आमा फरार रहेको र उनीहरुको खोजि कार्य जारी रहेको दोलखा प्रहरीका प्रवक्ता, प्रहरी निरिक्षक कैलाश राईले जानकारी दिए । अभिभावकको सहमति विना फकाएर वाल विवाह गरेपछि उनीहरुले दोलखा प्रहरीमा उजुरी दिएका थिए । 
मुलुकी ऐनमा वाल विवहा गर्ने गराउनेलाई ३ महिना देखि एक बर्ष सम्म कैद सँजाय र ५ हजार रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था छ । कानूनले १६ बर्ष भन्दा कम उमेरका वालवालिकाको वाल विवाह गराए सँजायको व्यवस्था गरेको छ । 


0 comments:

Post a Comment