दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Friday, February 28, 2014

चर्चवाट बहुमुल्य जडिवुटि सुनाखरी बरामद


१४ फागुन २०७०
दोलखाको सुष्पाक्षमावति स्थित एक चर्च वाट ठूलो परिमाणमा लोपोन्मुख सुनाखरी बरामद भएको छ । 
दोलखा प्रहरीले बिशेष सुराकीका आधारमा जिल्लाको सुष्पा क्षमावति गाविस १ स्थित एक चर्चवाट बुधवार १५ किलो सुनाखरी बरामद गरेको हो । सोही स्थानका भिमवहादुर थामीले सुनाखरी सँकलन गरी चर्चमा जम्मा गर्ने र त्यहि भट्टि बनाएर सुकाई जिल्ला बाहिर निर्यात गर्ने गरेको सुराकी पाए पछि दोलखा प्रहरीले चर्चमा छापा मारेको थियो । प्रहरीले आलो र सुकाएको सहित करिव १५ किलो सुनाखरी सहित थामीलाई नियन्त्रणमा लिएको छ । उनले पाउरोटि बनाउने मेसिनलाई सुनाखरी सुकाउने औजारको रुपमा प्रयोग गर्ने गरेका थिए । ईसाई धर्मावलम्बिको मुख्य धार्मिक स्थल चर्चमा ओसारपसारमा प्रतिवन्ध लगाएको लोपोन्मुख बनपैदावार सुनाखरी बरामद हुनुलाई स्थानीयले गम्भिर रुपमा लिएका छन् । सो चर्च थामी स्वयँको अगुवाईमा निर्माण भएको स्थानीयले बताएका छन् । 


प्रहरीका अनुसार दोलखामा जिवन्ति नामक जुृटिवुटिको नाममा सँकलन पूर्जि लिएर त्यसको सट्टा सुनाखरीको कारोवार गर्ने गरिएको छ । बिभिन्न सामुदायिक बन, राष्ट्रिय बन तथा गौरीसँकर सँरक्षण क्षेत्रबाट सँकलन गरिने सुनाखरी महँगो मूल्यमा चिन निर्यात हुने गरेको बताईन्छ । तस्करी बढेपछि दोलखाको जँगलमा प्राकृतिक रुपमै पाईने सुनाखरी लोप हुने अवस्थामा पुगेको छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले बरामद भएको सुनाखरी र प्रहरी हिरासतमा रहेका थामीलाई आवस्यक अनुषन्धान पछि जिल्ला वन कार्यालयलाई बुझाउने जानकारी दिए । 



बहुमुल्य सुनाखरी नेपालका उच्च हिमाली क्षेत्रमा पाईने लोपोन्मुख जडिवुटि हो । यसको नेपालवाट तस्करी गरेर चिन पुरयाउने गरिएको छ । दोलखाका जिल्ला वन अधिकृत रविन्द्र महर्जनले  सरकारले २०६९ सालवाट जिवन्ति र सुनाखरी सँकलनको अनुमति दिए पनि वन विभाग अन्तर्गतको साईटिस युनिटको अनुमति लिएर मात्रै मुलुक बाहिर निकासी गर्न सक्ने व्यवस्था रहेको बताए । महर्जनले सुष्पा क्षमावति स्थित एक सामुदायिक वनले आफ्नो बार्षिक कार्य योजना अन्तर्गत जिवन्ति सँकलनको अनुमति लिएको बताए । 
नेपालमा २१ प्रकारका सुनाखरी पाईने जिल्ला वन कार्यालय दोलखाले जनाएको छ । 

0 comments:

Post a Comment