दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Friday, March 28, 2014

जिरीमा बज्र गुरु जप हुने

१४ चैत्र २०७० । दोलखाको पर्यटकिय नगरी जिरीमा हुने बौद्ध धर्मावलम्विहरुको सवैभन्दा ठूलो धार्मिक कार्य, वज्रगुरु मन्त्रजप ९ औं विश्व शाान्ति पूजा हुने भएको छ । यहि चैत्र १७ देखि वैशाख २ गते सम्म १५ दिन सञ्चालन हुने पूजाको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका माहसचिव आङगेल्जी शेर्पाले जानकारी दिए । १० करोड तङ्गुर जप हुने पूजाका लागि एक करोड ४० लाख भन्दा बढी खर्च आवश्यक हुने भए पनि विभिन्न व्यक्तिको सहयोग र चन्दाबाट पूजाको तयारी गरिएको उनले बताए । धार्मिक कार्यका लागि अहिले सम्म १ करोड १० लाख भन्दा बढि रकम सँकलन भईसकेको छ । बज्र गुरु मन्त्र पूजामा तेनवोछे रिम्र्वोछे, जटल रिम्र्वोछे, जोङना ङयाङसी रिम्र्वोछे लगाएत १३ भन्दा बढी औतारी लामा गुरु र एक हजार भन्दा बढी भिक्षु भिक्षुनी सहभागी हुने आयोजक सँस्थाले जनाएको छ । बज्र गुरु जपमा सहभागि हुन नेपालका अलावा छिमेकी मुलुक भारत देखि भिक्षु भिक्षुणिहरु आउने छन् ।
पूजा सञ्चालनका लागि जिरी ७ का तेन्जी माईला शेर्पाले २१ लाख र खेम्बु साङबो लामा गुरुबाट १० लाख चन्दा सहित ३१ लाखको लागतमा गुम्बा निर्माण गरिएको छ । यस्तै, करिव १८ रोपनी जग्गामा पूजा सँचालनका लागि आवस्यक पूर्वाधार निर्माण गरिएको छ । गत वर्ष रामेछापको बाम्ति भण्डारमा आयोजना गरीएको बज्र गुरु मन्त्र जप यो पटक जिरीमा हुन लागेको हो । यस अघि लगातार ७ पटक सोलुखुम्बुमा बज्र गुरु मन्त्र जप गरिएको थियो । पूजा सञ्चालनका लागि जिरीबासीले जिरी बजारलाई विशेष ढंगले सरसफाई गर्नुका साथै ठाउँ ठाउँमा गेट निर्माण र ध्वजापातकाले सजाएका छन् ।
जिरी प्रवेश गर्ने मुख्य द्धार खावाडाँडा गेटमा पनि बुद्धको मूर्ति राखिएको छ । बज्रगुरु जपमा दैनिक ८ सय भन्दा बढि लामाले पूजापाठका साथै बज्र गुरु जप गर्ने छन् भने प्रवचन र लामा नृत्य पनि हुनेछ । जिरीमा आयोजना हुन लागेको नवौं बज्र गुरु जपमा स्वदेशि र विदेशी गरी डेढ लाख बौद्ध धर्मावलम्बि भित्रयाउने लक्ष्य राखिएको आयोजक बज्र गुरु कमिटि जिरीका सदस्य एवँ दोलखा उद्योग वाणिज्य सँघका प्रथम उपाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।
जिरीको लिँकन बजार स्थित बौद्ध स्तुपा क्षेत्रमा हुने बज्र गुरु जप गर्ने बौद्ध धर्मावलम्वि र लामाहरुलाई खाने बस्नेको व्यवस्था समेत गरिएको छ । बज्र गुरु जपवाट पर्यटकीय नगरी जिरीको धार्मिक पर्यटन प्रवद्र्धन हुने आयोजक सँस्थाको अपेक्षा छ ।

0 comments:

Post a Comment