दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Friday, March 7, 2014

बलात्कार प्रयासको अभियोगमा चिनियाँ नागरिक पक्राउ


लक्ष्मण खड्का 
२३ फागुन २०७० । माथिल्लो तामाकोसी आयोजनाको सिभिल सँरचना निर्माण गरिरहेको चिनियाँ कम्पनी सिनो हाईड्रोमा कार्यरत एक चिनियाँ नागरिक नेपाली युवतिलाई बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका छन् । 
सिनो हाईड्रो कम्पनीको लामावगरको गोँगर स्थित व्यूरो ६ मा कार्यरत चिनियाँ कामदार ४० बर्षिय सु सुईद पक्राउ परेका हुन् । व्यूरो ६ स्थित चिनियाँ क्याम्पमा खाना पकाउन सहयोगिको रुपमा कार्यरत एक नेपाली युवतिलाई सुईदले जवरजस्ति बलात्कार प्रयास गरेको पिडितको आरोप छ । आफ्नै कोठामा बसिरहेको अवस्थामा चिनियाँ नागरिक सुईद झँयालवाट भित्र पसि ति नेपाली युवतिलाई बलात्कारको प्रयास गरेको किटानी जाहेरीमा उल्लेख गरिएको छ । सो घटना गत सोमवार घटे पनि ढिलोगरी उजुरी आएको दोलखा प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिक सुईदलाई अदालतवाट म्याद थप गरी आवस्यक अनुषन्धान भईरहेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले बताए । 

बलात्कार प्रयासको घटनालाई स्थानीय स्तरमा मिलाउने प्रयत्न गरे पनि कुरो नमिले पछि प्रहरी कार्यालयमा पिडितले किटानी जाहेरी दिएकी थिईन् । माथिल्लो तामाकोसी आयोजनाको सिभिल सँरचना निर्माणको जिम्मा लिएको सिनो हाईड्रो कम्पनी अन्तर्गत व्यूरो ६ मा १२ र व्यूरो ११ मा १८ गरी करिव ३० जना नेपाली महिला कार्यरत छन् । उनीहरु मध्ये केहि कार्यालयमा र अधिकाँश खाना पकाउने मेसमा काम गर्छन् । ति महिलाले कम्तिमा १० देखि १५ हजार सम्म मासिक तलव बुझ्ने गरेका छन् । दुई वटा व्यूरोमा  करिव ४० चिनियाँ महिला र ३ सय ५० भन्दा बढि चिनियाँ कामदार छन् । 
सिनो हाईड्रोले चिनियाँ र नेपाली महिलाका लागि छुट्टै आवासको व्यवस्था गरे पनि नेपाली महिला माथि चिनियाँ कामदारले यौन दुव्र्यवहार र बलात्कार प्रयास गर्ने गरेको गुनासो आएको डिएसपि काफ्लेले जानकारी दिए । तर, माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले चिनियाँ कामदारवाट नेपाली महिला माथि दुव्र्यवहार गरेको सम्वन्धि अहिले सम्म कार्यालयमा एउटा पनि उजुरी नपरेको दावी गरे । ‘यो भन्दा अघि कुनै उजुरी परेको छैन,’ प्रवक्ता न्यौपानेले भने, ‘यो पटक कसरी त्यस्तो घटना भयो थाहा छैन ।’

0 comments:

Post a Comment