दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Sunday, March 9, 2014

दोलखाको बजेट १ अर्व ८४ लाख


२५ फागुन २०७० । आगामी आर्थिक बर्ष २०७१÷७२ का लागि जिल्ला विकास समिति दोलखाले १ अर्व ८४ करोड १४ लाख रुपैयाँ बराबरको  अनुमानित बजेट सार्वजनिक गरेको छ । 
जिविस दोलखाको २० औं बार्षिक साधारण सभामा स्थानीय विकास अधिकारी टुवराज पोखरेलले चालु तर्फ ४६ करोड ४८ लाख र पूँजिगत तर्फ १ अर्व ३७ करोड ६५ लाख बराबरको बजेट सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको बजेटमा गैरसरकारी निकाय तर्फ ९ करोड ४५ लाख र बाँकी सरकारी निकाय तर्फको बजेट छ । जसमा स्थानीय निकाय तर्फ ३८ करोड ३१ लाख बजेट रहेको छ । जिविस दोलखाले आगामी आर्थिक बर्षको कूल आम्दानी २३ करोड ९८ लाख ३६ हजार र खर्च तर्फ चालु खर्च १४ करोड ७१ लाख ११ हजार र पुँजिगत खर्च तर्फ ९ करोड २७ लाख २५ हजार हुने अनुमान गरेको छ । जिल्ला परिषदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय विकास अधिकारी पोखरेलले लाकुँरीडाडा गाविस स्थित डाङडुङे डाँडामा फिल्म नगरी निर्माण, जिविसको अगुवाईमा नमूना जलबिद्यूत आयोजना र सदरमुकाम चरिकोटमा करिव एक हजार मानिस अट्न सक्ने सुविधा सम्पन्न सिटि हल निर्माण गर्ने नीति लिने बताए । 
 जिविस दोलखाले आगामी ५ बर्ष भित्र जिल्ला स्तरीय मुख्य सडकहरुको सञ्जालमा परेका १५ वटा सडकहरुलाई बर्षैभरी यातायात सँचालन हुने अवस्थामा स्तर बृद्धि गर्ने लक्ष्य राखेको छ । यस्तै, सन् २०१६ सम्म सवै गाविसलाई खुल्ला दिशामुक्त र २०१७ भित्र जिल्लाका सवै घरधुरीलाई धुँवारहित बनाउने जिविसको लक्ष्य छ । आगामी आर्थिक बर्ष देखि जिविसले दोलखालाई कृषि उत्पादनमा अर्गानिक जिल्लाको रुपमा विकास गर्ने अभियानको समेत सुरुवात गर्ने भएको छ । 



0 comments:

Post a Comment