दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Sunday, March 9, 2014

काकाको हत्या गर्नेलाई १० बर्ष जेल सँजाय



२६ फागुन २०७० । दोलखा जिल्ला अदालतले घरायसि विवाद पछि ज्यान मार्ने मनासायका साथ आक्रमण भएका दुई छुट्टाछुट्टै घटनाका दोषिलाई १० र ५ बर्ष जेल सँजायको फैसला सुनाएको छ । 
अतिरिक्त जिल्ला न्यायधिश धु्रवप्रसाद सापकोटाको ईजलाशले दोलखाको बिगु ३ का ५५ बर्षिय बिदुर श्रेष्ठलाई कर्तव्य ज्यान मुद्धामा १० बर्ष र दोलखाकै स्यामा २ का २९ बर्षिय पासाङ शेर्पालाई ज्यान मार्ने उद्योगको मुद्धामा ५ बर्ष जेल सँजायको फैसला सुनाएको हो । दोलखा जिल्ला अदालतले श्रेष्ठलाई आफ्नै काकाको हत्या र शेर्पालाई आफ्नै सहोदर भाईको ज्यान मार्ने उद्योग गरेको ठहर गर्दै सो सँजाय सुनाएको हो । गत  जेठ १४ गते जिल्लाको उत्तरी विगू गाविस ३ मा जग्गा सम्वन्धि विवाद हुँदा श्रेष्ठले आफ्नै ७१ बर्षिय काका मानवहादुर श्रेष्ठको टाउकोमा ढुँगा प्रहार गरेका थिए । ढुँगा प्रहारवाट गम्घिर घाईते भएका मानवहादुरको उपचारको क्रममा एक साता पछि मृत्यु भएको थियो । 
सो घटनामा जिल्ला न्यायधिवक्ता कैलास केसीले मुलुकी ऐन ज्यान सम्वन्धि महलको १ र ८ नम्बर बिपरितको कसुरमा बिदुर उपर १३ (३) वमोजिम सँजायको माग दावी गर्दै अभियोग पत्र दर्ता गराउनुभएको थियो । यस्तै, स्यामा २ का पासाङ शेर्पालाई पनि मुलुकी ऐन ज्यान सम्वन्धि महलको १ नम्बर बमोजिमको कसुरमा १५ नम्बर बमोजिम सँजायको माग दावी गरिएको थियो । पासाङले पनि अँश विवादमा आफ्नै भाई वाङ्जिङ्मा शेर्पालाई गत जेठ २७ गते खुकुरी प्रहार गरेका थिए । हाल जेल सँजाय तोकिएका श्रेष्ठ र शेर्पा यसअघि अदालतको आदेश वमोजिम पुर्पक्षका लाथि थुनामा थिए । 

0 comments:

Post a Comment