दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Tuesday, March 11, 2014

स्थानीय निकायको निर्वाचन प्रोपोगाण्डा मात्रै ः नेता बोगटि



दोलखा, २७ फागुन । एकिकृत नेकपा माओवादीका पूर्ब महासचिब एबम् संगठन विभाग प्रमुख पोष्टबहादुर बोगटीले संबिधान निर्माणको कार्यतालिका नबनाई स्थानिय निकायको चुनावको कुरा गर्नु शंकास्पद भएको बताएका छन् । 
क्रान्तिकारी पत्रकार संघ दोलखाले सदरमुकाम चरिकोटमा मँगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आशँका व्यक्त गरेका हुन् । नेता बोगटीले संबिधान निर्माणको कामलाई छाँयामा पारेर चुनावको कुरा गर्नु संबिधान नबनाउने षड्यन्त्र भएको आरोप लगाए । विद्यमान परिस्थीति र बस्तुगत आधारमा आगामि बैशाख÷जेठमा स्थानिय निकायको निर्वाचन हुन नसक्ने भन्दै नेता बोगटिले सरकारका मन्त्रीहरुले चुनावका कुरा गरेर जनतलाई रणभुल्ल बनाउने कोशिस गरको बताए र्। सरकारका मन्त्रिहरुले मञ्चवाट घोषणा गरेर चुनाव हुने होईन,’ नेता बोगटिले भनेर्, दलहरुसँग छलफल गरेर उपयुक्त समयमा चुनाव गर्नु पर्छ ।’

एक बर्षभित्र संबिधान निर्माण गर्नु सरकार र दलहरुको पहिलो दायित्व भएको हुँदा ंसंबिधान बनाएर मात्रै निर्वाचन गर्नुपर्ने बोगटिले बताए । संबिधानसभाले नियमावली समेत तयार गर्न नसकेको अवस्थामा चुनावको कुरा गर्नु संबिधान निर्माणलाई टार्ने षड्यन्त्र भएको उनको भनाई छ । एकिकृत माओवादी निर्वाचन बिरोधी नभएको स्पष्ट पार्दै नेता बोगटीले सार्थक निर्वाचनमा मात्रै आफ्नो पार्टी सहभागि हुने स्पष्ट पारे । एकिकृत माओवादी दोलखाको अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन दोलखा आएका बोगटि दुई दिनको बसाई पछि मँगलवार साँझ राजधानी फर्किएका छन् । 
यसैवीच, एकिकृत नेकपा माओवादी दोलखाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । पार्टिका पूर्व केन्द्रिय महासचिव एवम् सँगठन विभाग प्रमुख पोष्टवहादुर बोगटिको प्रमुख आतिथ्यतामा प्रशिक्षण भेला भएको हो । भेलाका सहभागिलाई प्रशिक्षण दिँदै नेता बोगटिले एकिकृत नेकपा माओवादी नयाँ क्रान्तितकारी धु्रविकरणका साथ अघि बढ्ने तयारी गरिरहेको भन्दै नयाँ उत्साहका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गरे । उनले बैद्य माओवादीसँग एकताको प्रयास भईरहेको भन्दै अव सवैखाले क्रान्तिकारी शक्ति एक ठाउँमा आउने दावी पनि गरेका छन् । एकिकृत माओवादी जिल्ला सम्मेलन आयोजक समितिका सँयोजक गँगा कार्की बिस्वको अध्यक्षतामा भएको भेलामा पूर्व एरिया ईन्चार्ज तथा जवस मोर्चाका प्रमुखहरुले रिर्पोटिङ गरेका थिए । सँबिद्यान सभा निर्वाचन पछि पहिलो पटक आयोजना गरिएको जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा कार्यकर्ताहरुले नेतृत्वको कडा आलोचना गरेका छन् । सँबिद्यान सभा निर्वाचन र निर्वाचन पछि पनि पार्टिको भूमिका कमजोर रहेको भन्दै उनीहरुले रुपान्तरण हुन नेतृत्वलाई सुझाव दिएका छन् । 
सोमवार पूर्व राज्य समिति सदस्यहरुको बैठक गरेको एकिकृत माओवादी दोलखाले मँगलवार जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण भेलाको आयोजना गरेको हो । पूर्व जिल्ला कमिटिका सदस्यहरु, जनवर्गिय सँगठनका प्रमुख तथा प्रतिनिधि र ५१ वटै गाविसका गाउँ पार्टि कमिटि अध्यक्ष र सचिवहरुको सहभागिता रहेको भेलामा पार्टिको आगामी कार्य योजना, गाउँ र जिल्ला अधिवेशनको तयारी लगायतका बिषयमा छलफल भएको थियो । भेलाले केन्द्रिय निर्देशन अनुसार आगामी चैत्र महिना भित्र गाउँ र नगर अधिवेशन सकेर जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । 



0 comments:

Post a Comment