दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Thursday, March 27, 2014

झाडापखालावाट एक वालिकाको मृत्यु

११ चैत्र २०७० । दोलखाको सुन्द्रावतीमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ भने अन्य तीन जना बिरामी परेका छन् । मृत्यु हुनेमा जिल्लाको सुन्द्रावती–७ की ४ वर्षिया बालिका संगीता थामी रहेकी छिन् । यस्तै, झाडापखालाबाट उनकी ३९ वर्षिया आमा मंगली थामी, ७ वर्षिया दिदी लक्ष्मी थामी र ५ वर्षिया सन्तोषी थामी बिरामी परेका हुन् । उनीहरुको गौरीशंकर जनरल अस्पताल दोलखामा उपचार भईरहेको छ । थामी परिवारमा शनिबार बेलुकीदेखि सुरु भएको झाडापखालाबाट संगीताको गयराती मृत्यु भएको स्थानीय रणबहादुर थामीले जानकारी दिनुभयो । मंगलीको स्वास्थ्यमा सामान्य सुधार भईरहेको र दुई बालिकाको आकस्मिक कक्षमा उपचार भईरहेको उहाँले बताउनुभयो ।

0 comments:

Post a Comment