दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Tuesday, March 25, 2014

प्रहरी समाउँदै वन कार्यालय छाड्दै

१० चैत्र २०७० । दोलखामा अवैध रुपमा काठ कटान, जडिवुटि सँकलन र निकासी हुने गरेको गुनासो आए पछि प्रहरीले बिशेष अभियान चलाएको छ । काठ र जडिवुटि नियन्त्रणमा लिन थाले पछि जिल्ला प्रहरी कार्यालय र जिल्ला वन कार्यालय वीच दुरी बढ्न थालेको छ । वन कार्यालयका अधिकारीहरुले काठ र जडिवुटि लोड गरी शिलवन्दि गरेको गाडिलाई प्रहरीले ‘शँकास्पद भन्दै’ नियन्त्रणमा लिन थाले पछि प्रहरी र वन वीचको दुरी बढ्दै गएको हो । दोलखामा व्यापक बन फँडानी भएको गुनासो आईरहेका बेला जिल्ला प्रहरी कार्यालय दोलखाले आईतवार राति काठ लोड गरिएका चार वटा गाडि नियन्त्रणमा लिएको छ । जिल्लाको खावा बाट राजधानी लैजादै गरेको तिन वटा भ्यान र एउटा मिनि ट्रक सहित चार वटा गाडिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका गाडिमा ना ३ ख ७९९४, ना ३ ख ४९७१ र ना ३ ख ८५८ नम्बरको भ्यान र बा ३ ख ६१८ नम्बरको मिनि ट्रक रहेको छ । ति गाडिमा करिव ९ सय क्यू फिट सल्लो जातको काठ रहेको छ ।
सल्लाको काठ लोड गरिएका सवै गाडिलाई प्रहरीले आवस्यक चेकजाँच तथा अनुषन्धानका लागि वन कार्यालयलाई बुझाएको छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले अवैध रुपमा काठ राजधानी निकासी हुन लागेको सूचनाका आधारमा ति गाडिलाई नियन्त्रणमा लिएको जानकारी दिए । यद्धपि, काठ व्यवसायीहरुले भने प्रहरीले नियन्त्रणमा लिएको गाडिमा अवैध काठ नरहेको दावी गरेका छन् । जिल्ला वन कार्यालयवाट प्रक्रिया पुरयाएर कटान गरी टाँचा लगाएर शिलवन्दि गरिएको काठ अवैध नभएको उनीहरुको भनाई छ । जिल्ला वन अधिकृत रविन्द्र महर्जनले प्रहरीले नियन्त्रणमा लिएको काठ र गाडिलाई प्रहरी÷प्रशासनका प्रतिनिधि समेत राखेर छानविन गर्ने बताए । प्रहरीले विगत एक महिना यता दोलखामा काठ र अन्य बनपैदावारको निकासीमा कडा चेकजाँच गर्दै आएको छ । यो अवधिमा ३० भन्दा बढि भ्यान र ट्रकमा छड्के जाँच गरिएको प्रनाउ काफ्लेले बताए । ‘व्यापक बन फँडानी भएको गुनासो आए पछि चेकजाँच कडा गरेका हौं,’ प्रनाउ काफ्लेले भनेर्, अवैध चोरी निकासी नियन्त्रण गर्नु हाम्रो दायित्व हो ।’ यसअघि अवैध रुपमा लोपोन्मुख सुनाखरी सँकलन भईरहेको सूचनाका आधारमा प्रहरीले बिशेष सुराकी लगाएर जिल्लाको सुष्पाक्षमावति गाविस १ स्थित एक चर्चवाट फागुन १४ गते आलो र सुकेको गरी करिव १५ किलो सुनाखरी सहित स्थानीय भिमवहादुर थामीलाई पक्राउ गरेको थियो । थामीले सुनाखरी सँकलन गरी चर्चमा जम्मा गर्ने र त्यहि भट्टि बनाएर सुकाई जिल्ला बाहिर निर्यात गर्ने गरेको सुराकी पाए पछि प्रहरीले छापा मारेको थियो । उनले पाउरोटि बनाउने मेसिनलाई सुनाखरी सुकाउने औजारको रुपमा प्रयोग गर्ने गरेका थिए । वन कार्यालयलले थामीलाई करिव १० दिनको हिरासत पछि ३ हजार धरौटिमा रिहा गरिसकेको छ । त्यो भन्दा अगाडि प्रहरीले नियन्त्रणमा लिएको चार ट्रक काठलाई पनि वन कार्यालयका अधिकारीहरुले नियम सँगत भएको पुष्टि गरेपछि छाडिएको थियो ।
पछिल्ला दिनमा प्रहरीले काठ र अन्य जडिवुटि बरामद गर्ने तर वन कार्यालयर्ले प्रक्रिया पुरा भएको भन्दै’ छाड्ने गरेको छ । दोलखाको मागापौवा, लाकँुरीडाडा, काटाकुटि, शैलुङ, जिरी, मिर्गे, काब्रे, नाम्दू लगायतका गाविसमा व्यापक बन फँडानी भएको गुनासो छ । सामुदायिक वन र निजी आवादीमा हुने रुख कटानवाट निस्किने राम्रो काठ राजधानी निर्यात हुने र बाँकी स्थानीय भेनियर उद्योगमा खपत हुने गरेको छ । एउटा व्यक्तिको निजी आवादी जग्गाको नाममा रुक कटानको फायल बनाएर सामुदायिक वन, निजी वन तथा अन्य व्यक्तिको निजी आवादीवाट रुख कटान गर्ने गरिएको जानकारहरु बताउँछन् । सामुदायिक वनकै पदाधिकारीको मिलेमतोमा पनि बन फँडानी भईरहेको कतिपयको दावी छ । तर, जिल्ला वन कार्यालयले व्यापक बन फँडानी भएको र अनियमत ढँगले कटान आदेश, विमार्क लगाउने र छोड पूर्जि दिने गरेको आरोपको खण्डन गरेको छ । ‘कहिकतै सामान्य त्रुटि हुन सक्ला तर पुरै अवैधानिक भन्ने कुरा होईन,’ जिल्ला वन अधिकृत रविन्द्र महर्जनले नयाँ पत्रिकासँग भने, ‘काठ सुन जस्तो लुकाउन सकिन्न आवस्यक परे सवैले हेर्न सक्छन् ।’ जिल्ला वन अधिकृत महर्जनले कँहि कतै कुनै त्रुटि भए सच्याउने र कमजोरी गरेको पुष्टि भए आफ्नै कर्मचारीलाई पनि कारवाही गर्ने बताए । सहायक जिल्ला वन अधिकृत रामकुमार भण्डारीले सामुदायिक वन भन्दा निजी आवादीवाट बढि काठ निकासी भएको जानकारी दिए । उनका अनुसार दोलखा जिल्लावाट चालु बर्षको फागुन मसान्त सम्म ३१ गाविसका ४ सय १३ जना जग्गाधनिको निजी आवादी बनवाट १७ हजार ९ सय ८२ वटा रुख काटिएको छ । त्यसवाट निस्किएको २ लाख ५१ हजार ८ सय २८ क्यू फिट काठ बैद्यानिक रुपमा निकासी भएको छ । जवकी गत आर्थिक बर्ष दोलखाको निजी आवादीवाट ४ लाख ६ सय ९९ क्यू फिट काठ निकासी भएको थियो । यस्तै, चालु बर्षको फागुन मसान्त सम्ममा जिल्लाका तिन वटा सामुदायिक वनवाट २९ सय ५४ क्यू फिट काठ निकासी भएको छ । गत आवमा सामुदायिक वन क्षेत्रवाट ६ सय ९९ क्यू फिट काठ निकासी भएकोमा यो बर्ष बढेु २९ सय ५४ क्यू फिट पुगेको हो । दोलखावाट उतिस, पाटे सल्लो, गोव्रे सल्लो र खोटे सल्लोको काठ निकासी हुँदै आएको छ । त्यो मध्ये उत्तिसको अधिकाँश काठ जिल्लाका भेनियर उद्योगहरुमा खपत हुने गरेको छ ।

0 comments:

Post a Comment