दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Thursday, March 27, 2014

सामुदायिक वनमा २ सय ५० बढि रुख काटिए

१३ चैत्र २०७० । दोलखाको भुुसाफेदा ६ स्थित चित्रेपाखा सामुदायिक बन उपभोक्ता समुहले जिल्ला वन कार्यालयको स्वीकृति बिनै २ सय ५० भन्दा बढी रुख कटान गरेको खुलासा भएको छ । उपभोक्ताको माग पुरा गर्न र स्थानिय रेडक्रस उपसाखालाई सहयोग गर्ने भन्दै सो वन समुहले प्रक्रिया पुरा नगरी यति धेरै रुख कटान गरेको हो । गत फागुनको दोस्रो साता गोब्रे सल्ला जातको रुख कटान भएपनि ईलाका वन कार्यालय र जिल्ला वन कार्यालयबाट कुनै सहमति नलिएको वन कार्यालयले जनाएको छ । रुख कटानबाट निस्किएको काठमध्ये ३ सय २२ क्युफिट काठ घाटगद्धि भन्दा करिव एक किलो मिटर माथि लाम्चे आहाल भन्ने स्थानमा फेला परेपछि वन कार्यालयले सो काठ निकासीमा रोक लगाएको छ । ईलाका वन कार्यालय मागापौवाका सहायक वन अधिकृत चन्द्रवहादुर थापाले कार्ययोजना विपरित काठ फेला परेपछि नियन्त्रणमा लिएको र आवस्यक अनुषन्धान भईरहेको दिए । सामुदायिक वन उपभोक्ता समूहले कार्य योजना अनुसार काठ कटानी र निकासी गर्न पाउने भए पनि प्रक्रियागत कुरा नमिलाएका कारण समस्या भएको उनको भनाई छ ।
यद्यपि चित्रेपाखा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष शिवप्रकाश श्रेष्ठले रुख कटानबाट निस्किएको ६ सय क्युफिट काठ १५ जना उपभोक्तालाई वितरण गरेको र रेडक्रसलाई दिन राखिएको काठ बन कार्यालयले नियन्त्रणमा लिएको बताएका छन् । श्रेष्ठले कार्ययोजना अनुसार रुख कटान गरिएको र कुनै अनियमितता नगरेको दाबी पनि गरेका छन् । तर, रुख कटानका लागि बन कार्यालयको सहमति नलिनु र कुनै प्रक्रिया पुरा नगरी घाट गद्धिमा रहेको काठ सडक किनार सम्म ढुवानी गर्नुलाई स्थानियवासीले अनियमितताको रुपमा हेरेका छन् । उनीहरुले बन क्षेत्रबाट ९ सय २२ क्युफिट नभई ११ सय क्युफिट भन्दा बढि काठ कटान गरिएको र उपभोक्ता समितीका पदाधिकारी र ठेकेदारको मिलेमतोमा विक्री गर्न खोजिएको आरोप लगाएका छन् । वन समूहले बितरण गरेको र बन कार्यालयले नियन्त्रणमा लिएको सहित ९ सय २२ क्यू फिट ग्रोब्रे सल्ला जातको काठको राजधानीमा बजार मूल्य करिव साँढे ५ लाख रुपैयाँ पर्दछ । राजधानीमा सल्लो जातको काठ प्रति क्यू फिट ५ सय ५० रुपैयाँ सम्म किनवेच भईरहेको छ । चित्रलेखा सामुदायिक वन उपभोक्ता समुहले वन कार्यालयसँग समन्वय नगरी गत फागुनको दोश्रो साता काठ कटान गरेर घाटगद्धिवाट सडक किनार सम्म निकाले पछि शँका बढेको हो । त्यस लगत्तै ईलाका वन कार्यालयले रुख कटान रोक्न र साधारण सभाको निर्णय तथा कार्य योजना माग गरेको थियो । सो सामुदायिक वनको फागनु ३ गतेको साधारण सभाले बार्षिक कार्य योजना अनुसार चालु बर्ष १९ सय क्यू फिट काट कटान गरी उपभोक्ताको माग पुरा गर्ने, एक सय क्यू फिट काठ रेडक्रशलाई उपलव्ध गराउने र बाँकी लिलाम प्रक्रियावाट विक्रि गर्ने निर्णय गरेको थियो ।
यसैवीच, दोलखा प्रहरीले अवैध निकासीको आशँकामा नियन्त्रणमा लिएको चार ट्रक काठ अनियमित नभएको पुष्टि भए पछि जिल्ला वन कार्यालयले छाडि दिएको छ । सहायक वन अधिकृत गोविन्द दाहाल नेतृत्वको टोलिले चार वटै ट्रकको शिल तोडेर गरेको अनुगमनका क्रममा लोड गरिएको काठ बिधि सम्वत देखिए पछि मँगलवार छाडिएको हो । जिल्ला वन कार्यालय दोलखाले ७ सय ३२ थान गोलिया काठको छोड पूर्जि दिएकोमा चार वटा ट्रक भित्र ७ सय ४१ थान काठ फेला परेको थियो । ९ थान काठ निकै सानो र काठमा गणना नहुने साईजको फेला परेको सहायक वन अधिकृत दाहालले जानकारी दिए । लोड गरिएको काठमा टाँचा लगाईएको र सवै प्रक्रिया पुरा गरी छोडपूर्जि समेत दिएको हुँदा जिल्ला वाहिर निकासीका लागि अनुमति दिएको दाहालको भनाई छ । प्रहरीले नियन्त्रणमा लिएको काठ बैद्य भए÷नभएको छानविन गर्न वन कार्यालयले सहायक वन अधिकृत दाहालको नेतृत्वमा छुट्टै टोलि पठाएको थियो । सो टोलिले चरिकोट स्थित टुँडिखेलमा स्थानीय प्रशासन, प्रहरी र नागरिक समाजका प्रतिनिधि समेतको उपस्थितीमा मँगलवार दिउँसो चार वटै ट्रकको शिल तोडेर त्यस भित्र रहेको काठको गणना गरी टाँचा लगाए÷नलगाएको हेरेको थियो । तिन वटा भ्यान र एउटा मिनि ट्रकमा लोड गरी जिरीवाट काठमाण्डौं लैजाँदै गरेको सल्लाको काठ सहितको गाडिलाई दोलखा प्रहरीले आईतवार राति नियन्त्रणमा लिएको थियो । दोलखामा अवैध रुपमा काठ कटान, जडिवुटि सँकलन र निकासी हुने गरेको गुनासो आए पछि प्रहरीले बिशेष अभियान चलाउँदै आएको छ ।
यसैवीच, दोलखामा व्यापक बन फँडानी भएको उजुरी पछि अख्तियार दुरुपयोग अनुषन्धान आयोगवाट दोलखा आएको टोलिले जिल्लाको बिभिन्न स्थानमा पुगेर स्थलगत अनुगमन र केहि भेनियर तथा फर्निचर उद्योगको निरिक्षण गरेको छ । रुख कटान र निकासीका बिषयमा अध्ययन गर्न उपसचिव लोकराज नेपाल नेतृत्वको तिन सदस्यीय टोलि सोमवार दोलखा आएको थियो । सो टोलिले स्थलगत निरिक्षण र अनुगमन गरे पनि फेला परेका तथ्य वारे कुनै प्रतिक्रिया दिन चाहेन । अख्तियारका उपसचिव नेपालले छानविन र अनुषन्धानका बारेमा अहिले नैं केहि भन्न नमिल्ने प्रक्रिया दिएका छन् ।

0 comments:

Post a Comment