दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Thursday, April 3, 2014

दोलखा प्रहरी चोरीका मोटरसाईकल समाउँदै

२० चैत्र २०७० । दोलखा प्रहरीले तीन दिनमा १५ ओटा चोरीका मोटरसाईकल बरामद गर्नुका साथै चोरीको मोटरसाईकल विक्रिमा सँलग्न भएको आशँकामा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले रामेछाप फुलासी १ का रामचन्द्र मगर र सोहि स्थानका सुन्दर राणा मगरलाई पक्राउ गर्नुका साथै दोलखाका बिभिन्न स्थानवाट १५ वटा मोटरसाईकल बरामद गरेको हो ।
तिन दिनको अवधिमा जिल्लाको दक्षिणी डाँडाखर्क, मेलुङ्ग, तामाकोसी र सिङटी क्षेत्रबाट ती मोटरसाईकल बरामद भएको हो । दोलखा प्रहरीले विहिवार पत्रकार सम्मेलन गरी बरामद भएका चोरीका मोटरसाईकल र पक्राउ परेका दुई युवकलाई सार्वजनिक गरेको छ । दोलखामा चोरीका मोटरसाईकल निर्वाध रुपमा चलाईरहेको सुचनाका आधारमा प्रहरीले विशेष अभियान चलाई रहेको छ । बरामद भएका मोटरसाईकलमा अधिकांश पल्सर मोटरसाईकल रहेका छन् । प्रहरीका अनुसार चोरीको गिरोहले राजधानीबाट मोटरसाईकल चोरी गरी जिल्लाका ग्रामिण क्षेत्रमा १५ देखि ४० हजार सम्म विक्रि गर्ने गरेका छन् । बरामद भएको मोटरसाईकल धनि सम्पर्कमा आए सम्वन्धीत धनिलाई बुझाउने र सम्पर्कमा नआए ट्राफिक महाशाखामा बुझाउने दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुरेशप्राद काफेलेले जानकारी दिए । यसअघि गत वर्षपनि दोलखा प्रहरीले डेढ दर्जन बढी चोरीको मोटरसाईकल बरामद गरेको थियो । ईलाका प्रहरी कार्यालय जिरीले मात्रै गत आर्थिक बर्ष १४ वटा चोरीका मोटर साईकल बरामद गरेको थियो । ती मध्ये काम नलाग्ने अवस्थामा पुगेका ११ ओटा मोटरसाईकल जिल्ला प्रहरी कार्यालय परिसरमा थन्किएका छन् ।
ट्राफिक प्रहरीले चोरीका मोटरसाईकल जिल्ला भित्रिन नदिन र भित्रिएका पनि बरामद गरी सम्वन्धित धनिलाई बुझाउन आफ्नो सक्रियतालाई बढाएको छ । श्रोतका अनुसार काठमाण्डौंमा चोरिएका मोटरसाईकल दोलखा हुँदै रामेछाप र ओखलढुङ्गा सम्म पुग्ने गरेका छन् । सदरमुकाममा ट्राफिक सक्रियता बढे पछि चोरहरुको गिरोहले चोरीका मोटरसाईकल भित्रयाउन नयाँ रुट प्रयोग गर्न थालेका छन् । उनीहरुले मुढे–मेलुङ सडकवाट पवटि फस्कु हुँदै वा काभ्रेपलान्चोकको बनेपावाट सिन्धुलीको खुर्कोट हुँदै दोलखा, रामेछाप र ओखलढुगा सम्म यस्ता मोटरसाईकल पु¥याई विक्रि गर्न थालेका छन् । चोरहरुको गिरोहमा दोलखा र रामेछापका केहि युवाहरु सक्रिय रहेको प्रहरीको अनुमान छ । सो गिरोहले राजधानीमा चोरिएका मोटरसाईकल ग्रामिण क्षेत्रमा २० देखि ५० हजार सम्ममा विक्रि गर्ने गरेको छ । उनीहरुले बिक्रि गरेका चोरीका मोटरसाईलक कहिलेकाँही सदरमुकाममका वर्क शप सम्म आउने गरे पनि वर्क शप सँचालकहरुले समेत अत्तोपत्तो पाउँदैनन् ।

0 comments:

Post a Comment