दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Thursday, April 3, 2014

चुडामणि ढलेपछि भिमेस्वरमा बलि पूजा रोकियो

२० चैत्र २०७० । दोलखाको प्रसिद्ध भिमेश्वर मन्दिर परिसरमा रहेको चुडामणि स्तम्भ ६१ बर्ष पछि ढलेको छ । स्तम्भ ढलेपछि भिमेस्वर मन्दिरमा बलि पूजा रोकिएको छ । विहिवार दिउँसोको भिषण हावाहुरीले करिव ३४ फिट अग्लो चुडामणि स्तम्भ ढलेको हो । करिव ११ वजेर ५५ मिनेटको समयमा स्तम्भ ढलेपनि अन्य क्षेति भने नभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । भिमेस्वर मन्दिरमा दर्शनार्थीको बाक्लो चाप रहे पनि भिषण हावाहुरीका कारण स्तम्भ ढल्ने बेला उनीहरु परिसर भन्दा बाहिर रहेका कारण सुरक्षित भएका हुन् । चुडामणि स्तम्भ ढलेपछि भिमेस्वर मन्दिरमा हुने बलि पूजा समेत रोकिएको छ ।
एक शिला तिन अवतारको रुपमा मानिने भिमेस्वर मन्दिरमा भिमसेनलाई बलि पूजा दिँदा अन्य देवता सोही चुणामणिमा गएर बस्छन् भन्ने धार्मिक बिस्वास छ । दोलखा भिमसेनको शिलामा शिव महादेवको रुपमा रुद्रि पूजा गरिन्छ भने भिमसेन भैरवको रुपमा बलि पूजा पनि गरिन्छ । बलि पूजाका बेला महादेव चुडामणिमा गएर बस्ने र भिमसेन भैरवले मात्र बलि पूजा ग्रहण गर्ने जनधारणा छ । २००९ सालमा राखिएको चुणामणि स्तम्भ जिर्ण भएपनि नढले सम्म परिवर्तन गर्न नहुने धार्मिक मान्यताले नयाँ स्तम्भ राखिएको थिएन । २००९ सालमा साविकको चुडामणि ढलेपछि अर्को स्थापना गर्न झण्डै एक महिना लागेको थियो । त्यतिवेला तामाकोसी पारी अँधेरी भन्ने स्थानवाट ल्याईएको स्तम्भ ६१ बर्ष पछि विहिवार विहान ढलेको हो । स्तम्भ ढले पछि गुभाजुवाट उचित साईत जुराएर तान्त्रिक बिधिका साथ नयाँ स्तम्भ फेर्नु पर्ने धार्मिक मान्यता छ । ललितपुरवाट गुभाजु झिकाई धार्मिक बिधि पु¥याएर स्तम्भ फेर्नु पर्ने भएका कारण नयाँ स्तम्भ राख्न अझै केहि दिन लाग्ने भिमेस्वर गुठि तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले बताए । पुरानो स्तम्भ जिर्ण भएपछि दुई बर्ष अघि नैं जिल्लाको सहरे गाविसवाट ल्याईएको नयाँ स्तम्भ मन्दिर परिसरमा तयारी अवस्थामा राखिएको छ ।
नयाँ काठको स्तम्भ तयार भएपनि पुरानो स्तम्भको करिव ५ हात तल राखिएको टुक्रा निकालेर तान्त्रिक बिधि अनुसार नयाँ चुडामणि तयार गर्न समय लाग्ने छ । भिमेस्वर मन्दिरमा चैते दशैंमा विशेष बलि पूजा हुने भएपनि स्तम्भ ढलेका कारण यो पूजा प्रभावित हुने देखिएको छ । स्तम्भ ढलेपछि अवलोकनका लागि दोलखा भिमेश्वर मन्दिर पुगेका प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले जति सक्दो चाँडो स्तम्भ फेर्न निर्देशन दिएका छन् । प्रहरी र स्थानियले ढलेको स्तम्भमा राखिएको गजुर लगाएतका बहुमुल्य वस्तु संकलन गरेर राखेका छन् । भिमेस्वर भण्डारमा पाईएको अभिलेख अनुसार भीमसेन मूर्तिको पछाडि पट्टि पूर्वतर्फ रहेको चुडामणि स्तम्भ विक्र सँवत १७११ मा स्थापना गरेको देखिन्छ । त्यस पछि विक्रम सँवत १७७३, १८२६, १८९३ र २००९ सालमा गरी ५ वटा चुडामणि स्थापना गरेको स्थानीय बुढापुका बताउँछन् । अभिलेख अनुसार उल्लेखित चुडामणिहरुको स्थापना कला अनुसार क्रमश ः ६२, ५४, ६७, ११६ र ५७ बर्ष टिकेको देखिन आउँछ ।

0 comments:

Post a Comment