दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Thursday, March 20, 2014

हाम्रो रेडियो ललितादेवि स्मृति पत्रकारिता पुरस्कारको कोष ५ लाख पुग्ने



६ चैत्र २०७० । दोलखा सदरमुकाम चरिकोटवाट प्रसारण हुँदै आएको हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्जले रेडियोलाई जग्गादान गर्ने समाजसेवीको नाममा अक्षय कोषको स्थापना गरी पत्रकारिता पुरस्कार दिन सुरु गरेको छ ।
स्थापनाको सातौं बार्षिक उत्सवको अवसर पारेर स्वर्गिय जग्गादाता समाजसेवि ललितादेवि कार्कीको नामवाट पत्रकारिता पुरस्कारको स्थापना गरेको हो । हाम्रो रेडियो ललितादेवि स्मृति पत्रकारिता पुरस्कार नाम दिईएको सो पुरस्कारको राशि ५ हजार नगद र सम्मान पत्र रहेको छ । सो पुरस्कारवाट पत्रकार लक्ष्मण थामी पुरस्कृत भएका छन् ।
 क्रान्तिकारी पत्रकार सँघ दोलखाका उपाध्यक्ष एवँ नेपाल पत्रकार महासँघ दोलखा शाखाका सह सचिव थामी हाम्रो रेडियोका न्यूज को अर्डिनेटर हुन् । यस अघि यो पुरस्कारवाट पत्रकार लक्ष्मण खड्का, चिरञ्जीवी मास्के र भक्त केसी पुरस्कृत भएका थिए । हाम्रो रेडियो पत्रकारिता पुरस्कारको नाममा बितरण गरिदै आएको पुरस्कारलाई यो बर्षदेखि ललितादेवि स्मृति पत्रकारिता पुरस्कारको रुपमा रुपान्तरण गरिएको हो । रेडियो सँचालक समितिका अध्यक्ष विशाल खड्काले समाजसेवी ललितादेविको चिर स्मरणका लागि पत्रकारिता पुरस्कार स्थापना गरिएको र अक्षय कोषलाई ५ लाख पुरयाई दोलखा जिल्लाकै महँगो र आकर्षक पुरस्कारको रुपमा विकास गर्दै लैजाने जानकारी दिए । 

यो पुरस्कार दोलखा र आसपासका जिल्लामा रहि छापा तथा बिद्युतिय सँचार माध्यममा क्रियाशिल पत्रकार मध्ये बर्षमा एक जना उत्कृष्ट पत्रकारलाई दिईने छ । कार्यक्रममा प्रमुख अतिथि सामुदायिक रेडियो प्रसारक सँघ नेपालका बरिष्ठ उपाध्यक्ष किशोर जँग थापाले पत्रकारिता पुरस्कारले मोफलसको पत्रकारिता क्षेत्रको विकासमा टेवा पुग्ने बिस्वास व्यक्त गरे । समाजसेवि तथा बरिष्ठ ईन्जिनियर महेन्द्रवहादुर कार्कीकी आमा स्वर्गिय ललितादेवि कार्कीले आफू ७९ बर्षको हुँदा हाम्रो रेडियोको भवन निर्माणका लागि २० लाख भन्दा बढि मूल्य पर्ने जग्गा दान गरेकि थिईन् । सोहि जग्गामा रेडियोले सुविधा सम्पन्न भवन निर्माण गरिसकेको छ । दोलखाको मेलुङ गाविस १ घर भएकी समाजसेवी कार्कीको ८२ बर्षको उमेरमा गत मँसिर महिनामा निधन भएको थियो । 

दोलखा सदरमुकाम चरिकोटवाट २०६४ साल चैत्र बाट प्रसारण सुरु भएको हाम्रो रेडियाको प्रसारण दोलखा र आसपासका जिल्लामा सुन्न सकिन्छ । 

0 comments:

Post a Comment