दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Thursday, February 27, 2014

दोलखा भिमसेनको शिलामा फेरि पसिना


लक्ष्मण खड्का 
दोलखा, १३ फागुन । साक्षात् भबिष्यसूचकको रुपमा मानिने दोलखा स्थित प्रसिद्ध भिमेस्वर मन्दिरको सिलामा आज पसिना आएको छ । 
दिउँसो पौने ३ बजे देखि ४ बजेर १० मिनेट  सम्म पटक–पटक गरी चार पटक पसिना आएको हो । भिमेस्वर मन्दिरमा मध्यान्ह (छक्काल पूजा) पूजा सकिए लगत्तै शिलाको दायाँ, बाँया र शिरवाट पहिलो पटक पसिना देखिएको थियो । त्यस यता वीचमा रोकिदै चार पटक पसिना आएको भिमेस्वर गुठि तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए । मन्दिरमा पसिना आए पछि ठूलो सँख्यामा श्रद्धालु भक्तजन मन्दिर परिसर पुगेका थिए । पसिना आउना साथ चम्मरले शिलालाई हम्किने र स्थानीय बाजागाजा तथा घण्टि बजाईएको थियो । यस अघि पनि गत मँसिर ३० गते लगातार दुई घण्टा भिमसेनको शिलामा पसिना आएको थियो । त्यसको ठिक दुई महिना १३ दिन अर्थात ७२ औं दिनमा पसिना आएको हो । यो पटक सहित दोलखा भिमसेनलाई १२ औं पटक पसिना आएको छ । 
भिमसेनको शिलावाट पानीको थोपा निस्किए पछि पसिना आएको बिस्वास गरिन्छ । भिमसेनको शिलामा पसिना आउनुलाई ठूलो परिवर्तन वा अनिष्टको सूचक मानिन्छ । पसिना आउँदा मुलुकमा निकै ठूलो परिर्वतन हुने तथा राष्ट्रप्रमुख, राष्ट्र तथा जनतामा अनिष्ट हुने जनविस्वास रहि आएको छ । भिमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित सवै प्रकारका स्थानीय बाजा बजाईन्छ । शिलामा आएको पसिनालाई कपासले पुछेर राष्ट्र प्रमुखकोमा पठाउनुको साथै दर्शनार्थीलाई क्रमिक रुपले दिने गरिन्छ । मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष भरत श्रेष्ठले भिमसेनको पसिना पुछिएको कपासलाई महाप्रसादका रुपमा भोलि नैं राष्ट्रपति र प्रधानमन्त्रिकोमा लगिने बताए । महाप्रसाद पछि राष्ट्र प्रमुखको तर्फवाट क्षमापूजा गर्नु पर्ने चलन छ । पसिना पुछिएको कपासलाई पहिले दरवार पठाउने गरे पनि गणतन्त्र आए पछि एकपटक प्रधानमन्त्रि कार्यालय र अघिल्लो पकट राष्ट्रपति कार्यालयमा पठार्ईएको थियो । 

यस अघि गत मँसिर ३० गते लगातार दुई घण्टा भिमसेनको शिलामा पसिना आए पछि  स्थानीय प्रशासनले सरकारको तर्फवाट कालो बोको सहितको बिशेष बलि पूजा दिएर क्षमापूजा गरेको थियो भने पूर्व राजा ज्ञानेन्द्रले पनि छुट्टै भेटि र पूजा सामाग्रि पठाएका थिए । भिमसेनलाई पसिना आउँदा मुलुककमा ठूलो राजनीतिक परिवर्तन, राजपरिवारमा अनिष्ट वा मानवीय क्षेति हुँदै आएको छ । भिमेसनलाई पसिना आएको साल १९९० सालमा महाभूकम्प आयो भने १९९७ सालमा चार जना सहिदलाई फाँसि दिईएको थियो । यस्तै, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य, २०११ मा पसिना आएपछि २०१३ सालमा राजा त्रिभुवनको मृत्यु भएको थियो । यसैगरी २०१८ मा बाढि पहिरो, २०२८ मा राजा महेन्द्रको मृत्यु, २०३५ मा जनमत सँग्रह, २०४५ मा पसिना आए पछि २०४६ सालमा प्रजातन्त्र पुर्न वहाली भयो । 
२०५७ सालको माघ १ र १५ गते गरी एकै महिना दुई पटक भिमसेनलाई पसिना आएको थियो । त्यसको दुई बर्षपछि राजा बिरेन्द्रको पुरै बँश नाश भएको थियो । २०६१ सालमा पसिना आएको एक बर्ष पछि २०६२÷६३ को जनआन्दोलन भएको थियो । यस्तै, २०६४ साल जेठ ५ गते पसिना आएको एक बर्ष पछि २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य भई मुलुकमा गणतन्त्र घोषणा भएको थियो । 


0 comments:

Post a Comment