दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Monday, March 3, 2014

एउटा सचिवलाई २७ गाविसको जिम्मेवारी

लक्ष्मण खड्का १९ फागुन २०७० । दोलखाका गाविस सचिवहरु एकैसाथ भ्रमणमा गए पछि सेवाग्राही जनता मारमा परेका छन् । जिल्लामा दरवन्दि रहेका ४८ गाविस सचिव मध्ये ४० जना अध्ययन÷अवलोकन भ्रमणमा गए पछि समस्या भएको हो । ४८ वटा गाविस सचिवको दरवन्दि रहेकोमा ४० जना भ्रमणमा, दुई जना काज सरुवा र तिन जना विदामा बसे पछि गाविसको दैनिक प्रशासनिक काम र विकास निर्माणका योजना कार्यान्वयनमा समस्या भएको छ । धेरै जना सामुहिक भ्रमणमा निस्किए पछि एउटा गाविस सचिवले २७ वटा गाविस सम्मको जिम्मेवारी सम्हालेका छन् । जिल्लामा रहेका सचिव रेखा कार्कीले २७ वटा र उनका श्रीमान् भरत पौडेलले २३ वटा गाविसको जिम्मेवारी निर्वाह गरिरहेको जिविस दोलखाले जनाएको छ । सचिव पौडेलले आकस्मिक शिफारिस लगायतका कामहरु मात्रै गर्दै आएको बताए । दोलखाका ४८ गाविस सचिव मध्ये पौडेल, कार्की र काब्रे गाविसका सचिव नारायण दाहाल मात्रै जिल्लामा रहेका छन. । एकै साथ धेरै सचिव नभए पछि जन्म, मृत्यु, विवहा दर्ता, नागरिकता शिफारिस, नाता प्रमाणित, योजना सम्झौता लगायतका काम हुन नसकेको सेवाग्राहीको गुनासो छ । फागुन १६ देखि भ्रमणमा निस्किएका गाविस सचिवहरु फागुन २३ गते मात्रै जिल्ला फर्किने छन् । जिविसले काज भ्रमणको टिप्पणी उठाएर एकैसाथ ४० जना गाविस सचिवलाई भ्रमणमा पठाएको हो । दोलखामा ५१ वटा गाविस सचिव रहेका छन् । यसैवीच, गाविस स्तरीय स्थानीय शान्ति समितिका सँयोजकहरुले गाविस सचिव गाउँ नबस्दा समस्या भएको भन्दै तत्काल उनीहरुलाई गाउँ पठाउन माग गरेका छन् । स्थानीय शान्ति समिति दोलखाले सदरमुकाम चरिकोटमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा बोल्दै स्थानीय शान्ति समिति आलम्पुका सँयोजक प्रकाश थामी, हावाका खुसवहादुर सुनुवार, लामिडाडाका दुर्गावहादुर कार्की लगायतले गाविस सचिवलाई गाउँमै रहने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । उनीहरुले सचिव गाउँ नबस्दा शान्ति समितिको बैठक बस्न नसकेको र सामान्य प्रशासनिक कामका लागि पनि सदरमुकाम धाउनु पर्ने अवस्था भएको गुनासो गरेका थिए । द्धन्द्ध अन्त्य भएको बर्षौ बित्दा पनि गाविस सचिव गाउँ नफर्किनुलाई गम्भिर रुपमा लिन भन्दै सहभागिहरुले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले गाविस सचिवहरुलाई गाउँ पठाउन तत्काल निर्देशन दिने बताए । उनले सचिवहरुलाई हुनै सुरक्षा चुनौति नरहेको स्पस्ट पारे ।

0 comments:

Post a Comment