दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !
दोलखामा भै रहेको गतिविधि, सत्य तथ्य समाचार साथै विविध जानकारीको लागी अब एउटै पेज दोलखा समाचार !

Thursday, March 6, 2014

पत्रकार महासँघ दोलखामा सर्वसम्मत नेतृत्व

२२ फागुन २०७० । नेपाल पत्रकार महासँघ दोलखा शाखाको सातौं जिल्ला अधिवेशनले उद्धव पोखरेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ । विहिवार विहान सम्पन्न बन्द शत्रले अध्यक्षमा उद्धवप्रसाद पोखरेल, उपाध्यक्षमा जीवन लामा, सचिवमा केदार शिवाकोटि, कोषाध्यक्षमा रामचन्द्र गिरी र सह सचिवमा लक्ष्मण थामीलाई चयन गरेको छ । कार्य समिति सदस्यहरुमा सन्तोष भुजेल, अर्जुन दाहाल, गायत्री आचार्य, मुरारी दुलाल, भक्त केसि, रविन्द्र गौतम र शान्त जिरेल चयन भएका छन् । निकै लामो छलफल र वार्ता पछि पत्रकार महासँघ दोलखा शाखामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । नव निर्वाचित अध्यक्ष पोखरेलले यसअघि जिल्ला सचिव र कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । तिन बर्ष अघि दुई प्यानल वीच निर्वाचन भएर नयाँ नेतृत्व चयन भए पनि यो पटक भने सहमति जुटेको हो । बन्द शत्रले सर्वसम्मत रुपमै १९ जना पार्षद पनि चयन गरेको छ । केन्द्रिय सभासदहरुमा चिरन्जीवि मास्के, लक्ष्मण खड्का, शम्भु गौतम, होम पाठक, राजेन्द्र मानन्धर, दिपक वस्नेत, रमेश खतिवडा, दिपशंकर चौलागाई र दिल वहादुर केसि चयन भएका छन् । यस्तै अन्य सभासदहरुमा सहदेव थापा, निता राउत, सन्तोषी कार्की, शर्मिला वुढाथोकी, मन्दिरा थापा, राजेन्द्र श्रेष्ठ, शेर वहादुर भुजेल, राजन शिवाकोटी, भवानी कार्की र कुमार जिरेल रहेका छन् ।

0 comments:

Post a Comment